बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपाको जेट बिमानमा केपी ओली नै छुट्ने पक्का भएपछि . . .

नेकपाको जेट बिमानमा केपी ओली नै छुट्ने पक्का भएपछि . . .

  • मिडिया डबली
  • सोमवार, मंसिर २२ २०७७

  • 6.8K
    SHARES

  • नेकपाको जेट बिमानमा केपी ओली नै छुट्ने पक्का भएपछि . . .

    काठमाडौं – तत्कालीन नेकपा एमाले र माओवादी बीच एकता सम्झौता पछि दुई अध्यक्ष हुने निर्णय भयो। एक पार्टीको दुई अध्यक्ष भनेर चौतर्फी आलोचना पनि भयो। आलोचकहरुलाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘ठूलो जेट बिमान हाँक्न दुई वटै पाइलट चाहिन्छ।’

    तर, अहिले उनै बिमान चालक ओली नै जहाजमा छुट्ने छाँटकाट देखिएको छ। आइतबार बसेको स्थायी समिति बैठकमा ओली नभएपछि त्यसले गरेका निर्णयलाई लिएर सत्तारुढ नेकपाका दुई प्रतिद्वन्द्वी खेमाले फरकफरक व्याख्या गरेका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको प्रस्ताव फिर्ता लिनुपर्ने र त्यसमाथि छलफल हुन नहुने अडान प्रधानमन्त्री केपी शर्मा ओलीले लिँदै आएका छन्।

    तर, सचिवालयको बैठकले दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो। आइतबार पनि प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल हुने बैठकमा आफू उपस्थित नहुने भन्दै बैठकलाई पत्र लेखेका थिए। ओलीले स्थायी कमिटीका सदस्यलाई आफ्नो विवेक प्रयोग गर्न समेत आग्रह गरेका छन्।

    ओलीको पत्र सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बैठकमा बाचन गरेका थिए। त्यसलगत्तै बैठकमा प्रचण्डले पार्टीभित्र पछिल्लो चरणको संकट प्रधानमन्त्री ओलीको कारण कसरी आयो भनेर पृष्ठभूमिसहित लामो व्याख्या गरेका थिए। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटीको बैठकमा पार्टीभित्र देखिएको संकटको एक मात्रै एजेन्डा बनेको छ।

    त्यसैगरी एक सातापछि अर्थात् मंसिर २८ गते स्थायी कमिटीको अर्को बैठक बस्ने र मंसिर २५ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको बैठक पुस ५ गतेसम्मका लागि सारिएको छ। बैठकमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच आदानप्रदान भएको पत्र र दुवैले प्रस्तुत गरेको प्रस्ताव पनि सदस्यहरुले औपचारिक रुपमा प्राप्त गरेका छन्।

    बैठकपछि ओली पक्षले प्रचण्डको प्रतिवेदन बैठकको एजेन्डा नबनेको दाबी गरेको छ। गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा स्थायी कमिटीका सदस्य पृथ्वीसुब्बा गुरुङले ओली असहमत विषय एजेन्डा बने बैठक वैधानिकतामै प्रश्न उठ्ने दाबी गरे।

    ‘हाम्रो विधानले दुई अध्यक्षबीच सहमति भएको विषयमा मात्र एजेन्डा तय हुने र त्यसलाई महासचिवले प्रस्तुत गर्ने व्यवस्था हो। ओलीको मात्र होइन, प्रचण्डको सहमति प्राप्त नगरी आउने एजेन्डाको वैधानिकतामा प्रश्न उठ्छ,’ गुरुङले भने, ‘तर, बैठकमा पनि प्रधानमन्त्रीले भन्नुभएजस्तै आरोप पत्र एजेन्डा बनेन। त्यसको सट्टा संकटको विषय एजेन्डा बनेको छ। यसले संकट सकारात्मक दिशामा जाने संकेत गरेको छ।’

    तर, प्रचण्ड–माधव नेपाल खेमाको व्याख्या भने अलग छ। स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले दुवै प्रतिवेदन बैठकको एजेन्डा बनिसकेको बताए। उनले बैठकमा आउन ढिला ‘एक जना पाइलट छुट्न सक्ने’ चेतावनी पनि दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend