काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पद नछाड्ने अडान दोहोर्याए। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टीको सचिवालय बैठकमा उनले सो धारणा राखेका हुन्। उनले महाधिवेशन नभएसम्म पार्टी अध्यक्ष पद र प्रतिनिधि सभाको निर्वाचन नभएसम्म प्रधानमन्त्री नछाड्ने अडान दोहोर्याएका हुन्।
‘सचिवालयमा बहुमतको आडमा गरिने निर्णय मलाई स्वीकार्य हुँदैन, महाधिवेशन अघि अध्यक्ष र प्रतिनिधिसभाको निर्वाचन अघि प्रधानमन्त्री पद म छोड्दिन,’ ओलीले शनिबारको बैठकमा भने। ओलीको असहमतिकैबीच ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव स्थायी कमिटिमा छलफल गर्ने निर्णय प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सचिवालय सदस्यको बुहमतले निर्णय नै गरेको छ।
पार्टी तथा सरकार राम्रोसँग सञ्चालन नगरेको र पार्टीसँग कुनै समन्वय नगरेको, कमिटीका निर्णय पालना नगरेको भन्दै नेकपाको सचिवालय र स्थायी समिति लगायतका बहुमत सदस्यले ओलीको राजीनामा माग गर्दै आएका छन्। स्थायी कमिटीकाे बैठकले प्रधानमन्त्रीलाइ फिर्ता बाेलाउने सम्भावना उच्च छ। यसाे हुँदा अाेली अल्पमतमा स्पष्ट छन् र राजीनामा दिन बाध्य हुनेछन्। राजीनामा नदिए उनले विद्येयक ल्याउने, संसद विघटन गर्ने लगायतका काम गर्न सक्नेछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।