बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

अर्काकी श्रीमती भगाएर तेस्रो बिहे गर्ने पूर्व माओवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

अर्काकी श्रीमती भगाएर तेस्रो बिहे गर्ने पूर्व माओवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 5.9K
    SHARES

  • अर्काकी श्रीमती भगाएर तेस्रो बिहे गर्ने पूर्व माओवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ
    फाइल तस्वीर

    काठमाडौं – पूर्व माओवादीबाट स्थानीय तह निर्वाचन जितेका सल्यानको वनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई अर्काकी श्रीमती भगाएर तेस्रो बिहे गरेको अभियोगमा पक्राउ परेका छन् ।

    वडाध्यक्ष कुमाईले तेस्रो बिहे गरेको भन्दै वडावासीले प्रहरीमा बहुविवाहको निवेदन दिएपछि उनलाई पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द थापाले बताएका छन् ।

    वडाध्यक्ष कुमाई र उनले बिहे गरेकी ग्वामी विष्टलाई प्रहरीले शुक्रवार साँझ जयतपानी बजारबाट पक्राउ गरेको हो । कुमाईका यसअघि नै २ श्रीमती रहेका छन् । कुमाईका ४ जना छोराछोरी समेत छन् ।

    पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend