काठमाडौं – ‘म त्यो प्रचण्डलाई कुनै हालतमा न प्रधानमन्त्री छाड्न सक्छु न पार्टी अध्यक्ष तपाईंको तर्फबाट दश जना र मेरोतर्फबाट १० जनाको टिम बसेर आवश्यक परे पाँचवटै औंलाको छाप लगाऔं । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै लिनुस् तर त्यस ९प्रचण्ड०लाई दिँइँदैन । हामी नै मिलौं ।’
माधव नेपाललाई राखिएको यो प्रस्ताव हो केपी ओलीको । विहीबार कोटेश्वर पुगेका आफ्नो समूहका विद्यार्थी नेताहरुलाई विवादको पोल खोल्दै माधवले ओली प्रस्तावको इतिवृत्तान्त सुनाएका हुन् । राजनीतिक संस्कार र नैतिकतामा अलि परिपक्व देखिने नेपालले आफूले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेको नेपालले जिकिर गरे । त्यसो त, यसअघिको सचिवालय बैठकमा नेपालले यसबारे स्पष्ट बोलेका थिए ।
‘हामी नेकपा भइसक्यौं, पूर्वएमाले जुटाउने प्रयास मान्य हुँदैन,’ नेपालको यही भनाईबाट ओली समूह थप रक्षात्मक बनेको थियो । ‘समस्या एकातिर छ, अर्कोतिर समाधान खोजेर हुँदैन । म पदको लोभी होइन । ललिपप नदेखाउनुहोस् । यो संघर्ष मैले पदका लागि गरेको होइन । विधि,पद्दति र प्रणाली स्थापना गर्ने विषयमा, कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीजस्तै बनाउने कुरामा र तपाईंको गलत प्रवृत्तिको बिरुद्धमा लडेको हुँ,’ नेपालले ओलीलाई भनेको भनाई उद्धृत गर्दै एक विद्यार्थी नेताले भने, ‘तपाईं जस्तो पटकपटक रुप र रंग फेरेर कुरा गर्नेसँग मेरो सहमति हुँदैन । पदको लोभ र ललिपप आफ्नै खल्तीमा राख्नुहोस् ।’
‘मसँग नैतिकता बाँकी छ, राजनीतिक संस्कार पनि देखाउँदै आएको छु । इतिहास साक्षी छन् । पद छाड्न मलाई कुनै आइतबार कुर्नुपर्दैन । मैले पार्टी पनि चलाएँ । देश पनि चलाएँ । बरु वारकि पारका लागि तयार हुनुस्,’ नेपालको भनाई उद्धृत गर्दै ती विद्यार्थी नेताले भने । ‘नेपाल कमरेड वारकी पार गर्ने पक्षमै देखिनुभयो । प्रतिवद्धता पनि त्यस्तै पायौं,’ भेटमा सहभागी एक नेताले भने, ‘बरु उहाँको चिन्ता अध्यक्ष प्रचण्डले नै सम्झौता गरिहाल्छन् कि रु उहाँले ओलीलाई आफूले जसरी चिनेकै छैनन् भन्ने आशंका देखाउनुभयो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।