बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपाको विवाद : ओली र प्रचण्डबीच आज कि वार कि पार

नेकपाको विवाद : ओली र प्रचण्डबीच आज कि वार कि पार

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 4.4K
    SHARES

  • नेकपाको विवाद : ओली र प्रचण्डबीच आज कि वार कि पार

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाको तीन दिनको स्थगन रहेको सचिवालय बैठक आज बस्दै छ । दुई पार्टी अध्यक्ष बिचको मतभेद कायमै रहेको बेला तीन दिन देखी स्थगन हुँदै आएको सचिवालय बैठक आज बस्न लागेको हो ।

    पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच गम्भीर आरोप–प्रत्यारोपसहितका बेग्लाबेग्लै राजनीतिक प्रस्ताव अगाडि सारेका दुई अध्यक्षबिच मतभेद कायमै रहको छ ।

    बैठकबाट वा दुई अध्यक्षबीचको संवादबाट निकास निकालिनु पर्ने भन्नेमा ओली र प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मतभेद कायमै रहँदा सहमति हुन सकेको छैन । ओलीले बैठक स्थगन गरेर अनौपचारिक छलफलमा जोड दिएका छन् भने प्रचण्ड–नेपाल समूह शनिबारको सचिवालय बैठकमार्फत सबै विषय स्थायी कमिटीमा प्रवेश गराउने तयारीमा छ ।

    पछिल्लो १७ मंसिरमा बसेको सचिवालय बैठकयता ओली र प्रचण्डबीच औपचारिक संवाद नभएपछि प्रधानमन्त्रीनिकट नेताहरूले प्रचण्डलाई भेटेर बहुमत–अल्पमतको प्रक्रियाबाट अगाडि बढ्दा पार्टी एकता भंग हुने सन्देश दिँदै सहमतिका लागि संवादमा बस्न आग्रह गरेका छन् । तर, प्रचण्डले भने प्रधानमन्त्री ओलीले सहमति खोजेको हो भने त्यसको आधार बैठकमै प्रस्तुत गर्नुपर्ने भन्दै शनिबार डाकिएको सचिवालय बैठक नरोकिने जवाफ फर्काएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend