आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

टेलिभिजन लाइभमा आएर अमेरिकाका तीन पूर्वराष्ट्रपतिले लगाउँदैछन् कोरोना खोप

टेलिभिजन लाइभमा आएर अमेरिकाका तीन पूर्वराष्ट्रपतिले लगाउँदैछन् कोरोना खोप

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 4.4K
    SHARES

  • टेलिभिजन लाइभमा आएर अमेरिकाका तीन पूर्वराष्ट्रपतिले लगाउँदैछन् कोरोना खोप

    एजेन्सी - बेलायतले कोरोना भाइरसविरुद्धको खोप लगाउन स्वीकृति दिइसकेको छ । अमेरिकाले पनि छिटै फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले अनुमति दिन सक्ने सम्भावना रहेको छ । अमेरिकाका तीन पूर्वराष्ट्रपतिले देशमा हुने खोप कार्यक्रममा सहभागी हुने बताएका छन् । उनीहरुले टिभीमा लाइभ गरेर आफूहरुले खोप लगाउने निर्णय गरेका छन् ।

    खोप बारेको शंका र डर हटाउन लाइभ खोप कार्यक्रम गर्ने निर्णय ती राष्ट्रपतिले लिएको अन्तर्राष्ट्रिय समाचारसंस्थाले जनाएका छन् । अर्कोतर्फ, खोप प्रयोगमा आएपछि नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पनि लगाउने बताएका छन् । तर हालका राष्ट्रपति डोनाल्ड ट्रम्प भने यसबारे केही बोलेका छैनन ।

    अमेरिकाका तीन पूर्वराष्ट्रपति बिल क्लिन्टन, जर्ज डब्ल्यु बुस जुनियर, बाराक ओबामाले एफडिएले खोपलाई अनुमति दिएपछि टिभीमा लाइभ कार्यक्रमका क्रममा खोप लगाउने बताएका हुन् । उनीहरुले सिएनएनसँग कुराकानीका क्रममा खोपबारे बोलेका हुन् । अमेरिकामा गत महिना एक सर्वेमा खोप लगाउन करिब ४० प्रतिशत अमेरिकीले डर र शंका व्यक्त गरेका थिए ।

    सर्वेमा सहभागी हुनेहरुले खोपको साइड इफेक्ट र गम्भीर रियाक्सन हुन सक्ने आशंका जनाएका थिए । बाइडेन र ह्यारिसले यी सबै डर हटाएर बृहत खोप कार्यक्रम गर्न चाहन्छन् । एफडिएले पनि यस साता खोप स्वीकृत गर्न सक्ने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend