बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

बैठक छल्दै ओली पक्ष– शनिबार ओली नआए प्रचण्डले बैठक चलाउने, ओलीलाई गलाउने तयारी

बैठक छल्दै ओली पक्ष– शनिबार ओली नआए प्रचण्डले बैठक चलाउने, ओलीलाई गलाउने तयारी

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 3.8K
    SHARES

  • बैठक छल्दै ओली पक्ष– शनिबार ओली नआए प्रचण्डले बैठक चलाउने, ओलीलाई गलाउने तयारी

     काठमाडौं – सत्तारुढ नेकपा भित्रको विवाद तत्काल सामसुम हुने अवस्थामा छैन। विवादको मुख्य केन्द्रमा रहेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जितका लागि अन्तिम कसरत तीव्र पारे पनि उनको अनुपस्थितिले शनिबार प्रस्तावित सचिवालय बैठक नरोकिने उनको विरोधी पक्षले बताएका छन्।

    ओली विनै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बैठक सञ्चालन गरे भने बहुमतको निर्णयले ओलीलाई थप संकटमा पार्ने पक्का छ। सम्भावित दुर्घटना टार्नको लागि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको शक्ति दुरुपयोग गर्न पनि आँटीरहेका छन्। उनले नेकपाको विवादमा स्वतन्त्र रहेको राष्ट्रपति पदको गरिमा नेकपाको जस्तो बनाइसकेका छन्। शनिबारको बैठकमा ओली नआएपनि उक्त बैठकले ठोस निर्णय लिने बताइएको छ।

    उक्त बैठकले भोली आइतबार निर्धारित स्थायी कमिटी बैठकमा वारपारको लडाइँमा उत्रिएका ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप्रत्यारोपमा यसअघि सचिवालय बैठकमा पेश गरेका दुबै प्रस्ताव छलफलका लागि पेश गर्ने तयारी छ। ओली स्थायी कमिटिमा पनि अल्पमतमा रहेको उक्त बैठक पनि उनले छल्न खोज्दैछन्। बैठक पर धकेल्न खोज्दै छन्।

    नेकपाका प्रवक्ता एवम् प्रचण्ड पक्षका नेता नारायणकाजी श्रेष्ठ शनिबारको बैठकमा ओली सहभागी नभए बैठक रोक्न नहुने अवस्था सृजना भएको बताउँछन्। ‘प्रधानमन्त्री सहभागी भएकै बैठकले शनिबारको लागि अर्काे बैठकको मिति तय गरेको हो,’ मिडियाडबलीसँगको कुराकानीमा श्रेष्ठले भने, ‘उहाँ आउनुहुन्छ भन्नेमा म चाहिँ विश्वस्त छु। उहाँ नआए कार्यकारी अध्यक्षले बैठक अघि बढाउनु हुन्छ। प्रस्तावहरुमा निर्णय हुन्छ।’

    प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने कुनै पनि हालतमा सचिवालय बैठक र स्थायी कमिटी बैठक अघि बढाएरै छोड्ने रणनीतिमा छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend