आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारविरुद्ध किसानले गरे देशभर बन्द घोषणा

सरकारविरुद्ध किसानले गरे देशभर बन्द घोषणा

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १९ २०७७

  • 4.5K
    SHARES

  • सरकारविरुद्ध किसानले गरे देशभर बन्द घोषणा

    काठमाडौं – कृषि कानूनविरुद्ध आन्दोलनरत किसानहरूले आगामी डिसेम्बर ८ तारिखका दिन भारतमा देशभर बन्द घोषणा गरेका छन् ।

    राजधानी नयाँदिल्लीमा भेला भएर प्रदर्शन गर्दा समेत माग पूरा नभएपछि किसानहरूले बन्द आह्वान गरेका हुन् । 

    भारत सरकारसँग मागबारे वार्ता भएपनि सहमति हुन सकेको छैन । भोलि शनिबार फेरि वार्ता हुने तय भएको छ । तर सरकारमाथि दबाब बढाउन आन्दोलनरत किसानले आजै आन्दोलन घोषणा गरेका छन् ।

    आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि शनिवार देशभर प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

    कृषि कानून फिर्ता लिन माग गर्दै आन्दोलन भइरहेको भारतीय किसान युनियनका महासचिव एचएस लखोवालले जानकारी दिए । यतिबेला भारतमा किसानहरूले ठूलो आन्दोलन गरिरहेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १९ २०७७०७:२०:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend