बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

केपी ओलीले भाग्न पाइन्न : नेकपा नेत्री शाक्य

केपी ओलीले भाग्न पाइन्न : नेकपा नेत्री शाक्य

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १९ २०७७

  • 4.6K
    SHARES

  • केपी ओलीले भाग्न पाइन्न : नेकपा नेत्री शाक्य

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बैठकबाट भाग्न नपाइने बताएकी छन् ।

    शुक्रवार प्रचण्ड–नेपाल समूहले थापाथली इन्जिनियरिङ क्याम्पसमा आयोजना गरेको कार्यक्रममा भोलि शनिबार बस्ने सचिवालय बैठकमा अध्यक्ष ओलीले भाग लिन्न भन्न नपाउने बताइन् ।

    बैठकमा २ वटा प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा नजाने भन्दै उनले सचिवालय बैठकमा संयमताका साथ बहस गर्न नेताहरूलाई आग्रह गरिएकी छन् । ‘दुईवटा प्रतिवेदन आयो भन्दैमा पार्टी विग्रहमा जान्छ भन्ने मलाई पटक्कै लाग्दैन । त्यसैले पहिलो कुरा भोलि सचिवालयको बैठकमा बस्ने र उहाँले २ वटै प्रतिवेदन अगाडि राखेर अत्यन्तै संयमतताका साथ, नैतिकताका साथ लागेका कुराहरू खुलस्त ढंगले एकअर्कामा आलोचना नै गरेर प्रस्तुत भएर छलफल गर्ने हो भने १–२ दिन जान्छ होला । त्यसपछि एउटा निष्कर्ष आउँछ,’ उनले भनेकी छन्, ‘त्योभन्दा अरु विकल्प खोज्नुभयो भने नोक्सान हुन्छ ।’

    ‘प्रचण्डको दस्तावेज मान्दिन भनेर भनेको हो भने उहाँले प्रतिउत्तर किन दिनुपर्‍यो । प्रचण्डले पेश गरिसकेपछि जे–जे त्यहाँभित्र छ त्यसको प्रतिउत्तर उहाँले दिइसक्नुभयो । लिखित प्रतिउत्तर दिने अनि छलफलमा भाग नलिने भनेर भाग्न मिल्छ ? बैठक छोडेर जान मिल्छ ? उहाँले समस्याको समाधान कसरी दिन खोजिराख्नु भएको छ कहाँ गएर खोजिराख्नु भएको छ र बाहिरबाट समस्याको समाधान हुँदैन,’ उनले भनिन् ।

    विद्यार्थी भेलालाई सम्बोधन गरेकी अर्की स्थायी कमिटी सदस्य पम्फा भुसालले शनिवारको बैठकमा अध्यक्ष ओली उपस्थित हुने आशा गरिन् । ‘प्रधानमन्त्रीले अस्तिको बैठकमा आउन्न भन्नुभएको हो । भोलिको बैठकमा आउनुहुन्न भन्ने लाग्दैन । आफैंले ३८ पेजको प्रस्ताव पेश गर्नुभएको छ र उहाँसित सम्बन्धित भएर सचिवालयमा अरुले पनि प्रस्ताव राख्नुभएको छ । ती प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुन्न । उहाँ आउनुहुन्छ, आउनुपर्छ र बसेर छलफल गरेर समस्याको सामना गर्नुपर्छ । समस्याको सामना नगर्ने नेतृत्व हुन सक्दैन,’ उनले भनिन् । नेकपाभित्र विवाद बढ्दै जाँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले थापाथलीमा भेला गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend