काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघीय महासाभाको ३१ औं विशेष सभामा सम्बोधन गरेका छन् ।
सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड १९ को महामारी स्वास्थ्य संकट मात्र नभएर मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असमाञ्जस्यता विरुद्ध जागरुक हुन बजेको घण्टी पनि भएको बताएका छन् ।
यसबाहेक प्रधानमन्त्री ओलीले कोभिड १९ का सन्दर्भमा भएका कामको उल्लेख गर्दै ७५३ नै स्थानीय तहमा आधारभूत स्वास्थ्य स्याहार सुविधा सहितका अस्पतालहरु निर्माण गर्ने लक्ष्यका साथ अघि बढिरहेको पनि जानकारी दिएका छन् ।
उनले भनेका छन्, “विद्यमान महामारी फगत एक स्वास्थ्य संकट मात्र होइन । यो त राष्ट्रहरुबीच आपसी रुपमा तथा आन्तरिक रुपमा चुलिँदै गएको असमानता एवम् मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असमाञ्जस्यता विरुद्ध जागरुक हुन बजेको घण्टी हो,” ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।