काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबबीच सम्बन्धमा चिसोपस्दै गएको छ ।
यसअिघ १७ मंसिरको सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित भएपछि २० मंसिरका लागि प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । र १८ मंसिरको स्थायी समिति बैठकलाई २१ मंसिरलाई सारेका छन् ।
यसबीच भोलिको बैठकमा ओलीको उपस्थिती गारउने रणनीतिमा ओली निकट नेताहरु लागेका छन् । दुर्यअध्यक्षबीचको सम्बन्ध संवादहीनताको अवस्थामा रहेकै बेला प्रधानमन्त्री तथा ओलीनिकट मानिने नेताहरु निरन्तर खुमलटार पुगिरहन्छन् ।
त्यही क्रममा आज बिहान ९ बजेतिर नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगे । हिजोमात्रै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुवास नेम्वाङ प्रचण्ड निवास पुगेका थिए । तर, यी तीनै जानसँगको भेट भने ओलीको चाहनाभन्दा बढ्ता प्रचण्डको बोलवाटमा भएको हो ।
निरन्तर ओलीनिकट नेताहरुलाई भेट्ने र परिस्थितिलाई ‘कुल गराउने’ भूमिका वा प्रयास प्रचण्डबाट भएको देखिन्छ । यी दुबै बैठकमा ओलीपक्षको समर्थन छैन । प्रचण्डसहित बहुमत सचिवालय सदस्यको निर्णय अनुसार भोलि सचिवालय बैठक बस्दैछ । बैठकमा ओलीलाई उपस्थित गराउँनका लागि प्रचण्डपक्ष र ओलीपक्षका नेताहरु छलफलमाफर्त रणनीति बनाइरहेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।