काठमाडौं - सत्तारुढ नेकपाभित्रको विवाद उग्र बन्दैछ। नेताहरुको गुटभेला र छलफल चलिरहेकै हो। अहिले नेताहरुको गुट भेलासँगै विद्यार्थी तथा युवाहरुलाई पनि आफ्नो पक्षमा पार्न नेकपाको नेतृत्व तत्छाडमछाड छ।
शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले काठमाडौंको थापाथली क्याम्पसमा युवा–विद्यार्थी भेलाको आयोजना गर्दैछ । भेलालाई स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पार्टी केन्द्रीय सदस्य हरि पराजुलीले सम्बोधन गर्ने कार्यक्रम छ। पार्टीभित्र विवाद बढ्दै जाँदा दुवै समूहले भेला, बैठकमार्फत् आफ्ना कुरा राख्न थालेका छन् । अन्तरविरोध तलतल लैजान थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।