बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

गोरखामा ढल्यो कम्युनिस्टको किल्ला, एकैपल्ट ५० युवा कांग्रेसमा प्रवेश

गोरखामा ढल्यो कम्युनिस्टको किल्ला, एकैपल्ट ५० युवा कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १९ २०७७

  • 11.8K
    SHARES

  • गोरखामा ढल्यो कम्युनिस्टको किल्ला, एकैपल्ट ५० युवा कांग्रेसमा प्रवेश

    काठमाडौं – कुनै बेला तत्कालीन नेकपा माओवादीका नेता रहेका डा. बाबुराम भट्टराईले बनाएको कम्युनिस्ट किल्ला गोरखामा कांग्रेस लोकप्रिय हुँदै गएको छ ।

    अघिल्लो निर्वाचनमा कांग्रेसकै सहयोगले डा. भट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा नेकपा उम्मेदवार नारायणकाजी श्रेष्ठ पराजित भएका थिए । अझै पनि गोरखामा कम्युनिस्ट झन्झन् कमजोर हुँदै गएका छन् ।

    गोरखामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गोरखा नगरपालिका–१४ नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा ५० जनालाई नेपाली कांग्रेसमा स्वागत गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभामा विपक्ष दल कांग्रेसका निर्वतमान नेता सुरेन्द्र पाण्डेले युवाहरू प्रविन थापा र काजी दराइसहित ५० जना युवालाई पार्टी प्रवेश गराएका छन् ।

    कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, क्षेत्र नम्बर २ का पार्टी सभापति गोविन्द गुरुङ, नगर सभापति चन्दन खत्री, तरुण दल गोरखा अध्यक्ष काजी गुरुङ, उपाध्यक्ष मनोज देवकोटा, जिल्ला सदस्य विनोद पन्त, सुरेन्द्र कुमाल, किरण आले, सुरज पन्तको उपस्थिति थियो ।

    goc1.jpg

    नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय सदस्य ध्रुव पन्तको पहलमा नेकपाका युवालाई नेपाली कांग्रेसमा प्रवेश गराइएको जनाइएको छ । नेकपा नेतृत्वको सरकारले बदनाम हुने काम गरेको र चुनावमा गरेका वाचा पूरा नगरेपछि देशभर असन्तुष्टि देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend