बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

केपी ओलीले नेकपा फुटाउनै लागेको बामदेव गौतमको घोषणा, बढ्यो चिन्ता !

केपी ओलीले नेकपा फुटाउनै लागेको बामदेव गौतमको घोषणा, बढ्यो चिन्ता !

  • मिडिया डबली
  • बिहिवार, मंसिर १८ २०७७

  • 5.8K
    SHARES

  • केपी ओलीले नेकपा फुटाउनै लागेको बामदेव गौतमको घोषणा, बढ्यो चिन्ता !

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली फुट र विभाजनतर्फ अग्रसर रहेका जानकारी दिएका छन् ।

    बिहीवार ललितपुरको भैसेपाटीस्थित निवासमा भेट्न पुगेका युवा विद्यार्थीसँगको कुराकानीमा नेता गौतमले ओलीले पार्टी फुटाउनै लागेको जानकारी दिए ।

    उपाध्यक्ष गौतमले बैठकमा २ जना अध्यक्षको छुट्टाछुट्टै दस्तावेज पेस भएको बताउँदै ती प्रस्तावहरू छलफलद्वारा टुंगो लगाइने बताए । ‘प्रधानमन्त्री ओली बैठकमै नआउने, बैठक बहिष्कार गर्ने यो कम्युनिस्ट विधि, आचरणअनुसार भएन । उहाँ बैठकमा आउनुपर्छ । बैठकमा छलफल गर्नुपर्छ । आफ्नो मत राख्नुपर्छ । अरूका कुरा पनि सुन्नुपर्छ,’ उपाध्यक्ष गौतमको भनाइ उदृत गर्दै छलफलमा सहभागी अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले भने ।

    ओलीलाई बैठकमा भाग्न, बहसबाट भाग्न छुट नभएको उपाध्यक्ष गौतमको निष्कर्ष थियो । पार्टी मिलाउनुपर्ने तर मिल्ने दिशातिर नगएको भन्दै उपाध्यक्ष गौतमले चिन्ता समेत व्यक्त गरेका जनाइएको छ । गौतमले अहिलेको गत्यावरोधको कारक ओली नै भएको बताएका थिए ।

    ‘प्रधानमन्त्रीको शैली हेर्दा पार्टी मिलाउनुपर्छ, एकता बचाउनुपर्छ भन्ने छैन,’ उपाध्यक्ष गौतमले भनेका थिए, ‘संकटकाल लगाउने, संसद् विघटन गर्नेतर्फ उहाँ लाग्नुभएको छ ।’

    पार्टीमा सबैलाई मिलाएर लैजान भूमिका खेल्नुपर्नेमा ओली अर्को बाटो हिँड्न खोजेको गौतमको आरोप थियो । फुटबाट जोगाउनका लागि छलफल सुरू गरेका छन् । गौतम निवास भैसेपाटीमा मंसिर १८ गते नेता गौतमले युवा विद्यार्थीसँग छलफल गरेका हुन् ।

    गौतम निवासमा तामाङसहित तिलकराज भण्डारी, पञ्चा सिंह, विजय पौडेल, दिपेश पुन, माधव पन्त, सुदीप शर्मा, दीपक बुढाथोकी, कमल ढुंगाना, गोविन्द श्रेष्ठ, डा. निश्चल गुप्ता, नरेश न्यौपाने, समित थापा, दिनेश लो, सुमन आचार्य, सञ्जिव देवकोटा, केदार बुढाथोकी, सुरेश पराजुली र ओसिम अलामलगायत विद्यार्थी नेताहरू सहभागी थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend