काठमाडौं – कम्युनिस्ट सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको गृहजिल्ला जाजरकोटमा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको ओइरो लागेको छ ।
बिहीबार नेपाली कांग्रेस भेरी नगरपालिका–१२ नम्बर वडा कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
पूर्व वडाध्यक्ष आइते बटाला, सुके लुहार, कर्णबहादुर सुनार, डिल्सरा भण्डारी, नवीन रावत, प्रकाश भण्डारी, रमेश भण्डारी लगायत ३ दर्जन नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको स्थानीय नेता शशी बुढाले जानकारी दिए ।
नेकपाभित्र विवाद बढेको र सरकारले सन्तोषजनक काम गर्न नसकेको बेला नेता कार्यक्रममा असन्तुष्टि बढ्दै कांग्रेसमा प्रवेश गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।