काठमाडौं- बिहीबार बिहान शीतलनिवासमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। बिहान साढे १० बजे प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटावार्ता गरेका हुन् ।
पार्टीभित्र विवाद उत्कर्षकमा पुगिरहेका बेला राष्ट्रपति भण्डारीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। यद्यपी प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजागाईंले प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेतवार्ता नियमित प्रकृतिको भएको बताएका छन्।
नेकपाका अध्यक्ष समेत रहेका ओलीले प्रधानमन्त्री ओली बुधबार सचिवालय बैठकमा समेत उपस्थित भएका थिएनन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।