बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

केपी ओलीलाई दाहाल–नेपालको तीन दिने अल्टिमेटम

केपी ओलीलाई दाहाल–नेपालको तीन दिने अल्टिमेटम

  • मिडिया डबली
  • बिहिवार, मंसिर १८ २०७७

  • 4.3K
    SHARES

  • केपी ओलीलाई दाहाल–नेपालको तीन दिने अल्टिमेटम

    काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तर्कलह अझै जटिल बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नबस्ने अडान लिएपछि विवाद थप चुलिएको हो ।

    मंगलबारको सचिवालय बैठकमा निकै चर्काचर्की परेपछि बुधबार दिउँसोका लागि सचिवालय बैठक बोलाइएको थियो । तर ओलीले अडान दोहो¥याउँदै बैठकमा आउन नमानेपछि शीर्ष नेताहरुबीचको छलफलपछि एक घण्टा ढिलो गरी बैठकमा आउन ओली सहमत भएका थिए । तर, बैठक शुरु भएपछि उनी बालुवाटारमै भएर पनि बैठकमा सहमति नभएपछि नेताहरुले अध्यक्ष ओलीमाथि असन्तुष्टि जनाएका छन् ।

    बुधबार राजनीतिक प्रतिवेदनमाथि छलफलको प्रक्रिया अगाडि नबढेपछि मंसिर १८ गते बसेको स्थायी समितिको बैठक स्थगित गर्दै २१ गतेका लागि सारिएको छ । ओलीको अनुपस्थितिकै कारण पूर्वनिर्धारित स्थायी समिति बैठक प्रभावित बनेको छ । पार्टीभित्र विवाद चर्किंदै गएको र अध्यक्ष ओलीले बैठकमा सहभागिता जनाउन नै आनाकानी गरेपछि मंसिर १८ गतेका लागि तय भएको स्थायी समिति बैठक प्रभावित बनेको हो ।

    पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारको बैठकमा आउने सहमति जनाएर पनि अध्यक्ष ओली बैठकमा सहभागी नभएको बताए । बैठकमा पनि ओली नआएपछि सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएको खबर समाचारपत्रमा छ।

    प्रवक्ता श्रेष्ठका अनुसार पार्टीमा देखापरेको संकट र विद्यमान समस्या समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुने निष्कर्षका लागि २० गतेको बैठकमा अनिवार्य उपस्थिपतिको अपेक्षासहित उपस्थित हुन अनुरोध गर्ने निर्णय गरिएको छ

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend