आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले अध्यादेश, संसद विघटन र संकटकालको धम्की दिएर कोही डराउने वाला छैन : माधवकुमार नेपाल

केपी ओलीले अध्यादेश, संसद विघटन र संकटकालको धम्की दिएर कोही डराउने वाला छैन : माधवकुमार नेपाल

  • मिडिया डबली
  • बिहिवार, मंसिर १८ २०७७

  • 5.8K
    SHARES

  • केपी ओलीले अध्यादेश, संसद विघटन र संकटकालको धम्की दिएर  कोही डराउने वाला छैन : माधवकुमार नेपाल

    काठमाडौं – सत्तारुढ नेकपा फुटकै बाटोमा अग्रसर छ। तत्कालीन एमाले र माओवादी मिलेर बनेको पार्टी अहिले दुईधारमा विभाजन भएको छ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको विवादले पार्टी विभाजनको सम्मुखमा पुगेको हो। पार्टीको विवादमा वरिष्ठ नेता माधवकुमार नेपाल पनि कार्यकारी अध्यक्ष दाहालकै पक्षमा उत्रिएपछि ओली संकटमा छन्।

    त्यसैले उनले संसद विघटन, संकटकाल, अध्यादेश ल्याएर पार्टी फुटाउने सम्भावना र सोही अनुसारका धम्की विपक्षी नेताहरुलाई दिन थालेका छन्। ओलीको अभिव्यक्ति र व्यवहारलाई अन्य नेताहरुले खरो रुपमै टिप्पणी गरेका छन्। नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद विघटन, संकटकाल र अध्यादेशको धम्कीले कोही नडराउने अभिव्यक्ति दिएका छन्। त्रासबाट कोही पनि नडराउने बताएका छन्।

    ‘‘धम्की धमास देखाएर, पार्टी फोडिदिन्छु भनेर, संसद विघटन गरिदिन्छु भनेर, इमर्जेन्सी लगाइदिन्छु भनेर, अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सिनेवाला छैन,’ वरिष्ठ नेता नेपालले भने। फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सले आयोजना गरेको वेबिनारमा बोल्दै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिई उनीप्रति कटाक्ष गर्दै सो धारणा व्यक्त गरेका हुन्।

    सत्तारुढ दलका शीर्ष नेताहरुबीच तिक्तता चुलिएका बेला नेपालले सो प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै धम्की नदिन चेतावनी दिएका हुन्। अल्पमतमा परेका प्रधानमन्त्री ओलीले चाल्नसक्ने विभिन्न विकल्प र संभावनामध्ये अध्यादेश ल्याएर विभाजनको परिस्थिति निर्माण गरी पार्टी फुटाउने, संसद भंग गर्ने, संकटकाल लगाउने लगायत संभावना रहेको अनुमान गरिएको छ।

    नेपालले पार्टीकै अध्यक्षको कारण बैठक अनिश्तिकालसम्म लम्ब्याउन नसक्ने बताइएको छ। हिजोको बैठकमा ओली उपस्थित भएनन्। त्यसैले आगामी २० गतेसम्म उनलाई समय दिनको लागि र अन्तिम मौका दिनको लागि बैठक सारिएको नेकपाकै नेताहरु बताउँछन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend