बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

गोकुल बाँस्कोटाको घोषणा : नेकपाको ‘कोल्याप्स’ देखिने भयो, जय नेपाल !

गोकुल बाँस्कोटाको घोषणा : नेकपाको ‘कोल्याप्स’ देखिने भयो, जय नेपाल !

  • मिडिया डबली
  • बुधवार, मंसिर १७ २०७७

  • 6.2K
    SHARES

  • गोकुल बाँस्कोटाको घोषणा : नेकपाको ‘कोल्याप्स’ देखिने भयो, जय नेपाल !

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर पूर्व मन्त्री गोकुल बाँस्कोटाले नेकपाको कोल्याप्स यसै समयमा देखिने घोषणा गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै नेता बाँस्कोटाले पार्टी महाधिवेशन र आमचुनाव छल्ने खेल भइरहेको समेत जनाएका छन् ।

    उनले लेखेका छन्, ‘नेकपा विवाद हेर्दा बहुत सरल रूपमा यो भन्न सकिन्छ कि महाधिवेशन छलेर, कार्यकर्तालाई निर्णय गर्ने अवसरबाट वञ्चित गरेर अनि आमचुनावमा जनताले गर्ने फैसला समेत कुर्न नसकेर जाने हो भने नेकपाको क्लाइमेक्स र कोल्याप्स यसै समयमा देखिने भो । त्यसपछि जय जय जय होइन, जय नेपाल !’

    नेकपाभित्र विवाद बढ्दै गएर पार्टी सचिवालय बैठक समेत सौहार्द रूपमा बस्न सकिरहेका छैनन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षमा सचिवालयका ५ जना नेताहरू रहेका छन् भने ओली अल्पमतमा छन् । प्रचण्डलाई वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सघाइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend