बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

आज नेकपा फुट्ने संकेत : दिउँसाेकाे बैठकमा ओली नजाने, के छ दाहाल- नेपालकाे तयारी ?

आज नेकपा फुट्ने संकेत : दिउँसाेकाे बैठकमा ओली नजाने, के छ दाहाल- नेपालकाे तयारी ?

  • मिडिया डबली
  • बुधवार, मंसिर १७ २०७७

  • 21.1K
    SHARES

  • आज नेकपा फुट्ने संकेत : दिउँसाेकाे बैठकमा ओली नजाने,  के छ दाहाल- नेपालकाे तयारी ?

     काठमाडौं – सत्तारुढ नेकपा आन्तरिक विवादको कारण फुटको संघारमा छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको विवादले पार्टी फुट नजिक छ। अझै कात्तिक २८ मा प्रचण्डले ल्याएको प्रस्ताव र त्यसको जवाफमा ओलीले मंसिर १३ गते ल्याएको काउन्टर प्रस्तावले नेकपा फुटको बाटोमा गएको हो। हिजो बसेको बैठकमा पनि ओली र दाहालबीच निकै चर्काचर्की भएको नेताहरुले बताएका छन्।

    अझ यसो भनौँ नेकपा अब औपचारिक रुपमै फुटको बाटोमा छ। कात्तिक २८ गतेदेखि पेस भएका कार्यकारी अध्यक्षको प्रस्तावमाथि छलफल गर्ने कि नगर्ने भनेर पार्टी प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की परेपछि नेकपा अब फुटको बाटोमा बढेको चर्चा हुन थालेको हो। स्रोतका अनुसार मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले दसदिन सचिवालय बैठक रोक्न माग गरेका थिए ।

    तर, बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान लिएपछि ओलीले यस्ता बैठकको कुनै औचित्य छैन भनेर बाहिरिएको पनि बताइएको छ। बैठकमा अल्पमतमा पर्ने भएपछि आजको बैठकमा ओली आउने सम्भावना न्यून रहेको बताइएको छ। यस्तोमा प्रचण्डले बैठक सञ्चालन गरेर कस्तो रणनीति अपनाउने हुन् त्यो भने हेर्न बाँकी नै छ। उता नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि ओलीलाई पूर्व एमालेजति एक ठाउँमा हुन्छन् भन्ने कल्पना नगर्न चेतावनी दिइसकेका छन्।

    यस्तो अवस्थामा अब ओलीले कस्तो रणनीति अपनाउने हुन् त्यो पनि हेर्न लायक न हुनेछ। ओलीले आफैँ पार्टी फुटाएर संसदीय निर्वाचन गरेर कांग्रेस वा अन्य दलसँग मिलेर सरकार गठन गर्ने सम्भावना पनि उत्तिकै छ। तर, ओली नेकपा भित्रबाट संसदीय दलमा बहुमत रहेको बताइएको छ। यस्तो अवस्थामा प्रचण्ड र नेपालले कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतका दलसँग कस्तो साँठगाँठ बनाउँछन् त्यसले ठूलो महत्व राख्छ।

    यता ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर सत्ता साझेदारीको कुरा गरिसकेका छन्। तर, आजको सचिवालय बैठकमा ओली उपस्थित नभए स्थायी कमिटी बैठकमात्रै होइन नेकपाकै भविष्य अनिश्चित हुने नेकपाका नेताहरू बताउँछन् । आजको बैठक दिउँसो १ बजे बालुवाटारमा तय गरिएको छ मङ्गलबारको सचिवालय बैठक चर्काचर्कीमा परिणत भएपछि बिहीबारको स्थायी कमिटी अन्यौलग्रस्त बनेको छ । मङ्सिर ३ गते बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी र २५ गतेका लागि केन्द्रीय कमिटी तय गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend