बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
नेकपा बिबाद

सचिवालय बैठकमै घम्साघम्सी, प्रचण्डले ओलीलाई भने- तपाईं को हो ?

सचिवालय बैठकमै घम्साघम्सी, प्रचण्डले ओलीलाई भने- तपाईं को हो ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 7.7K
    SHARES

  • सचिवालय बैठकमै घम्साघम्सी,  प्रचण्डले ओलीलाई भने- तपाईं को हो ?

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयको आज बालुवाटारमा विवाद समाधान गर्न बसेका बैठका दुईअध्यक्षबीच झन भयंकर घम्साघम्सी भएको छ ।

    यसअघि मसिंर ३ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका केपीशर्मा ओलीविरुद्ध प्रस्ताव पेश गरेका थिए ।
     प्रचण्डको काउन्टरमा ओलीले पनि १३ गते प्रस्ताव पेश गरेका थिए । दुवैको प्रस्तावले नेकपाको आन्तरिक विवाद झनै बढाएपछि दुवैको प्रस्तावमाथि छलफल गर्न आज बैठक बसेको थियो ।

    तर आजको बैठकमा पनि दुई अध्यक्षबीच झनै बढी विवदा भएको हो । बैठकमा ओलीले बैठकमा आरोपपत्रमाथि छलफल हुन सक्दैन, फिर्ता हुनुपर्छ भनेपछि चर्काचर्की सुरु भएको बताइएको छ । ओलीको यस्तो धारणामा प्रचण्डले तपाईं को हो, मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल हुँदैन भन्ने ? भन्दै प्रतिवाद गरेका थिए । 

    त्यसपछि ओलीले सीमा र मर्यादामा रहन भन्दै रुलिङ गर्न प्रयास गरेपछि प्रचण्डले यहाँ कसैले कसैलाई रुलिङ गर्न मिल्दैन, कमिटीमा सबैको हैसियत बराबर हो । कमिटीले जे भन्छ त्यसैगरी अगाडि बढ्छ । साथीहरू के भन्नुहुन्छ यसमा रु भन्दै प्रश्न गरेपछि बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने समझदारी बनेको थियो । 

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्ष ओली र दाहालले आ–आफ्नो धारणा राखेको र अन्य सदस्यहरूले छोटो रूपमा सामान्य धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

    उनले अब नेकपाका नेताहरूबीच औपचारिक र अनौपचारिक दुवै तहमा छलफल हुँदै जाने बताए । बैठक बुधबार १ बजे पुनः बस्ने छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend