बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

सचिवालय बैठकमा ओली-प्रचण्डबीच चर्काचर्की, खुलेआम एकअर्कालाई सिध्याउने घोषणा !

सचिवालय बैठकमा ओली-प्रचण्डबीच चर्काचर्की, खुलेआम एकअर्कालाई सिध्याउने घोषणा !

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 7.9K
    SHARES

  • सचिवालय बैठकमा ओली-प्रचण्डबीच चर्काचर्की,  खुलेआम एकअर्कालाई सिध्याउने घोषणा !

    काठमाडौं- अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल गर्नका लागि बोलाइएको आज (१६गते)को नेकपा सचिवालय बैठकमा पनि दुई अध्यक्षबीच चर्काचर्की भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा ओली र प्रचण्डबीच चर्काचर्की भएको हो । प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै प्रतिवेदन ल्याएपछि ओलीले काउन्टरमा प्रतिवेदन ल्याएका थिए । 

    दुवै अध्यक्षद्धय एकअर्काबीच खरो रुपमा प्रस्तुत हुँदा पार्टीभित्रको विवाद र नेतृत्वतहमा इगो कुन हदसम्म रहेछ भन्ने सार्वजनिक भएको थियो । यसरी पार्टीभित्रको उग्र विवादका बीच अब पार्टीको भविष्य के होला भन्ने अन्योलता कायमै रहेको बेला मंगलबार सचिवालय बैठक बसेको हो ।

    तर, आजको बैठकमा प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान  राख्दै ओलीले आफ्नो मन्तव्यका क्रममा पनि प्रचण्डमाथि शब्दबाण प्रहार गरेको बताइएको छ ।

    ओलीले बैठकबाहिरबाट समस्याको समाधान गर्ने बताएपछि प्रचण्डले प्रतिवाद गरेका थिए । बैठक कसैले पछि छल्न नमिल्ने र बैठकबाट निस्किने निचोडलाई सबैले मान्नुपर्ने बताएपछि दुई अधयक्षबीच भनाभनको अवस्था सिर्जना भएको थियो । प्रचण्डले प्रतिवाद गर्दा महासचिव विष्णु पौडेलले मात्रै ओलीको पक्षमा धारणा राखेका थिए । 

    बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा ओली र प्रचण्डको दुबै प्रस्तावमाथि छलफल सुरु भएको औपचारिक तथा अनौपचारिक तहबाट छलफल गरेर समस्याको समाधान खोजिने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend