आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारको अर्काे बेतिथि : जनकपुरमै रेल्वेका १७ हजार थान क्लिप चोरी

ओली सरकारको अर्काे बेतिथि : जनकपुरमै रेल्वेका १७ हजार थान क्लिप चोरी

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 6.6K
    SHARES

  • ओली सरकारको अर्काे  बेतिथि : जनकपुरमै रेल्वेका १७ हजार थान क्लिप चोरी

     काठमाडौ – २०७७ असोज २ गते नेपाल सरकारले आफ्नै लगानीमा भारतको कोंकोन रेल्वे कम्पनीबाट खरिद गरेको दुई सेट रेल जनकपुरधाम आइपुगेको थियो । कोरोना महामारीको चरम संकटका बेला समेत हजारौं मानिसहरूले जनकपुरधामस्थित रेल्वे स्टेसनमा रेललाई स्वागत गरे ।

    भारतको जयनगरदेखि धनुषाको कुर्था स्टेसनसम्म रेलको परीक्षण गरिएको थियो । जनकपुरदेखि कुर्थासम्म परीक्षण गरिएका बेला रेलमा धनुषा, महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी उपरीक्षकहरू, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक, रेल विभागका पदाधिकारीसहित चढेर रेलको आनन्द लिएका थिए ।

    जनकपुर आएको उक्त रेल त्यसको भोलिपल्ट असोज ३ गते नै धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ स्थित रहेको इनर्वा स्टेसनमा फर्कियो । उक्त स्टेसनमा हालसम्म दुवै रेलको सेटलाई सुरक्षाका दृष्टिकोणले पालले छोपेर राखिएको छ । रेल सञ्चालनमा आउने टुंगो अझै छैन। सञ्चालनमा नआउँदै रेल्वेका १७ हजार थान क्लिप चोरी भइसकेको छ भने फलामहरु कवाडीमा बिक्रि भएको पाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर १६ २०७७०८:३८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend