बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपा छाडेर कांग्रेसमा आउनेको ओइरो, एकैदिन १५९ जना प्रवेश

नेकपा छाडेर कांग्रेसमा आउनेको ओइरो, एकैदिन १५९ जना प्रवेश

  • मिडिया डबली
  • सोमवार, मंसिर १५ २०७७

  • 11.4K
    SHARES

  • नेकपा छाडेर कांग्रेसमा आउनेको ओइरो, एकैदिन १५९ जना प्रवेश

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा शासन गरिरहेको भएपनि देशमा कम्युनिस्टप्रति वितृष्णा बढ्दै गएको छ ।

    ओली सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुम्ला जिल्ला जनसकार उपप्रमुख दलजित शाही लगायत अन्य पार्टी परित्याग गरी १५९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेस हिमा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा अन्य पार्टी परित्याग गरी १५९ जना कांग्रेसमा प्रवेश गरेका छन् । कम्युनिस्ट सरकारले बदनामीले कांग्रेसप्रति आकर्षण बढ्दै गएको छ ।

    नवप्रवेशीहरूलाई कांग्रेस जुम्लाका सभापति दिपबहादुर शाही, उपसभापति लक्ष्मण बोहरा लगायत जिल्ला स्तरीय नेताहरूले स्वागत गरेका नेपाली कांग्रेस जुम्लाका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीले बताए ।

    ओली सरकारले गफ मात्रै गरेको र काम नगरेको भन्दै देशका अन्य क्षेत्रमा समेत नेकपा छाडेर कांग्रेसमा प्रवेश गर्नेक्रम बढेको छ । नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को भागबण्डा नमिल्दा पार्टी विवादमा फसेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend