बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्ड बहुमतमा : गम्भीर संकटमा ओली, भोलि एक पद गुमाउँदै

प्रचण्ड बहुमतमा : गम्भीर संकटमा ओली, भोलि एक पद गुमाउँदै

  • मिडिया डबली
  • सोमवार, मंसिर १५ २०७७

  • 7.7K
    SHARES

  • प्रचण्ड बहुमतमा : गम्भीर संकटमा ओली, भोलि एक पद गुमाउँदै

    काठमाडौं- सत्तारुढ नेकपाभित्र विवादकाबीच मंगलबार सचिवालयको बैठक बस्दैछ । बैठकमा पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली तथा कार्यकारी अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि छलफल हुँदैछ ।

    दुवैले पेश गरेको राजनीतिक प्रस्तावमा एकले अर्कालाई आरोप प्रत्यारोप गरेका छन् । दुवै प्रस्तावमाथि मंगलबार छलफल हुने भएकाले मंगलबारको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

    सचिवालयमा ओली अल्पमतमा छन् । ९ सदस्यीय सचिवालयमा ओलीसँग ईश्वर पोखरेल र  विष्णु पौडेल मात्र छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, रामबहादुर थापा बादल अर्कोतर्फ छन् । सहमति भएन र कुनै आश्चर्य भएन भने सचिवालयले प्रचण्डको प्रस्ताव पारीत गर्ने सम्भावना छ ।

    यस्तो अवस्थामा ओली नैतिक संकटमा पर्नेछन् । जसकारण ओली वामदेव गौतम र बादललाई फकाउन लागिपरेका छन् । तर, उनीहरु यसपटक ओलीको विरुद्ध नै अडिएका छन् ।

    सहमति नभएमा केही सचिवालय सदस्यले भने दुवै प्रस्ताव नमान्ने मत राख्ने सम्भावना समेत देखिएको स्रोत बताउँछ ।

    अल्पमतमा पर्ने देखेपछि ओलीले अन्तरकालिन कमिटी भएकाले आफु बहुमतको निर्णय मान्न बाध्यकारी नभएको भन्दै त्यो निर्णयलाई समेत चुनौती दिने उनले आफ्नो प्रस्तावमा संकेत दिएका छन् ।

    अल्पमत र बहुमतकै आधारमा निर्णय भएमा भने ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नैपर्ने अवस्था आउने देखिन्छ । जून परिस्थितीबारे ओलीपनि जानकार छन् । त्यसकारण उनले त्यो परिस्थिती आउन नदिन नयाँ चाल चाल्न सक्ने समेत आँकलन गरिएको छ । (दृष्टिबाट)

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend