कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका सोमबार अनुमति माग्ने कम्पनीको आधिकारिक स्रोतले बताएको छ ।
मोडेर्नाले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण ९४।१ प्रतिशत प्रभाबकारी पाइएको भन्दै खोपको प्रयोगका लागि अनुमति माग गरेको हो ।
मेोडेर्नाले सोमबार नै अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडीए) सँग सङ्कटकालीन प्रयोगका लागि स्वीकृती (ईयूए) को माग गर्ने र यसलाई यूरोपेली औषधि उत्पादक तथा वितरक कम्पनीसँग मिलेर सशर्त बजारीकरणका लागि अनुमति पनि माग्ने बताइएको छ ।
गत बर्षको डिसेम्बरमा चीनको वुहान सहरस्थित अस्पतालमा उपचारका क्रममा पहिलो पटक पत्ता लागेको कोभिड–१९ का कारण एक वर्षको अन्तरालमा विश्वका सबै मुलुकमा महामारीको रूप लिइसकेको छ । यद्यपि अमेरिकी राष्ट्रहरू संयुक्त राज्य अमेरिका, ब्राजिल, पेरु, चिली र इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी, रूसलगायतका यूरोपेली मुलकहरू कोभिड–१९का कारण बढी प्रभावित मुलुकहरू हुन् ।
दक्षिण एशियामा भारत, पाकिस्तान, बङ्गलादेश बढी प्रभावित मुलुकहरू हुन् भने कोभिड–१९ को सङ्क्रमण अष्ट्रेलिया, अफ्रिकालगायतका विश्वका सबै क्षेत्रमा फैलिएको छ ।
अमेरिका सबैभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित र मृत्यु भएको मुलुक हो । अमेरिकामा कोभिड–१९ सङ्क्रमित कूल एक करोड ३७ लाख ५१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने दुई लाख ७३ हजार सङ्क्रमितको मृत्यु भएको छ ।
अमेरिकापछि बढि सङ्क्रमण रहेका मुलुकहरू भारत, ब्राजिल, रूस, फ्रान्स, स्पेन, बेलायत, इटली र अर्जेन्टिनालगायत रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।