काठमाडौं- मोबाइल फोन ईम्पोटर्स एशोसियसनले मोबाइल सेटको अवैध विक्रि बितरणको पूर्ण अन्त्य गर्न सहयोगका लागी सम्पूर्ण व्यवसायी मित्रहरुलाई आव्हान छ।
यस्तो अवैध विक्रि बितरणको कारण मोबाइल फोन व्यवसाय मात्र नभई राष्ट्रको समग्र अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारेको एशोसियसनले जनाएको छ।
विभिन्न मुलुकबाट चोरी पैठारी गरी भित्राईएका मोबाइल फोनको अवैधानिक बजार नेपालमा तिब्र रुपमा बढिरहेकोमा चिन्ता व्यक्त गरेको छ।
सरकारको राजश्व वापत संकलन गरिने ठुलो धनराशी गुमिरहेको छ भने मोबाइल फोन व्यवसायको स्वस्थ्य र मर्यार्दित विकासमा अवरोध खडा भएको छ।
अवैध 'ग्रेु' मोबाइल सेटको आईएमईआई नम्बर रजिस्टर नहुने भएकोले यसको प्रयोग अपराधिक क्रियाकलापमा पनि हुन सक्ने प्रवल सम्भावना रहेको एशोसियसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।