आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यी युवा जो एकै वर्षमा २३ सन्तानको बाबु बने

यी युवा जो एकै वर्षमा २३ सन्तानको बाबु बने

  • मिडिया डबली
  • सोमवार, मंसिर १५ २०७७

  • 4.5K
    SHARES

  • यी युवा जो एकै वर्षमा २३ सन्तानको बाबु बने

    काठमाडौं – एक युवक एक बर्षमै २३ बच्चाका पिता बनेका छन । यतिका धेरै संख्यामा बच्चाहरुको जन्म आफैले विहे गरेर भित्र्याएका श्रीमतीहरुबाट भने भएको हैन । शुक्रकिट दान गर्ने प्रविधिका कारण यस्तो सम्भव भएको हो । अष्ट्रेलियाका एक युवक एलन फानले शुरुवाती समयमा शौखको रुपमा शुक्रकिट दान गर्थे ।

    तर केही समयपछि उनले शुक्रकिट दिने कामलाई पूर्णकालिन जागिर जस्तै बनाए । यही कारण एलन फान बर्ष दिनमै २३ बच्चाका जैविक पिता बन्न सफल भएका हुन । शुक्रकिट दानका कारण एलन अहिले अष्ट्रेलियामा निकै चर्चित बनेका छन । फानको भनाई अनुसार उनको राम्रो नश्ल र स्वस्थ शुक्रकिटका कारण महिलाहरु उनीसंग शुक्रकिट प्राप्त गर्न लालयित हुन्छन ।

    डेलिमेलका अनुसार एलन २ बच्चाका पिता हुन । फानले निजी क्षेत्रका प्रजनन् केन्द्र ९फर्टिलिटी सेन्टर० मार्फत शुक्रकिट दान गर्दा एक बर्षमै २३ वटा बच्चा जन्मेका हुन । फानले सरकारी फर्टिलिटी सेन्टरमा पनि शुक्रकिट दान गर्दै आएका छन । अष्ट्रेलियाको ब्रिसबेन निवासी ४० बर्षीय युवक एलनमाथी अहिले छानविन चलिरहेको छ ।

    रजिष्टर्ड नभएका अर्थात गैह्रकानुनी रुपमा सञ्चालित फर्लिलिटी सेन्टरहरुमा शुक्रकिट दान गरेको केही फर्टिलिटी क्लिनिकहरुले एलन माथी आरोप लगाएका छन । यही कारण निश्चित सिमाभन्दा बढी बच्चा जन्मिएको ती क्लिनिकहरुले दावी गरेका छन । अष्ट्रेलियाको भिक्टोरिया कानून अनुसार एक पुरुषले १० परिवारका लागि मात्रै शुक्रकिट दान गर्न पाउँछ ।

    आफुमाथी लागेको आरोप बारे एलनको आफ्नै तर्क छ । उनका अनुसार आफुसंग शुक्रकिट माग्न आउने महिलाहरुलाई नाइ नास्ती गर्न उनका लागि धेरै कठिन हुन्छ । अर्थात उनले महिलाहरुको आग्रहलाई अस्विकार गर्न सक्दैनन् । त्यसैले उनले एकै दिन ३ जना महिलाहरुलाई विभिन्न प्रजनन् केन्द्रहरु मार्फत शुक्रकिट दान गरेको डेलिमेलले जनाएको छ ।एजेन्सी । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर १५ २०७७०८:३९:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend