काठमाडौं- मन्त्रिपरिष निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मलेनमा सरकारले राजावादीहले जनता भड्काउने काम थालेको भन्दै जुलुसमा सहभागि नहुन आग्रह गरेको छ ।
सरकारकातर्फबाट प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिले राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनर्उत्थान र प्रतिक्रियावादीहरुले टाउको उठाउन खोजेको बताएका हुन्।
उनले भनेका छन्, 'यस्ता विषयवस्तुले समाजमा भ्रम छर्ने काम भएको छ। स्थिरता विकास र समृद्धिका लागि वर्तमान सरकार लागिरहेको छ। पछिल्लो समय संवैधानिक प्रणाली, लोकतन्त्र र कानुनी शासनविरुद्ध जनता भड्काउने काम भएको छ। त्यो प्रयास भइरहेको छु, उनले अगाडि भने, 'प्रतिक्रियावादी र पुनर्उत्थानवादीहरुका यस्ता गतिविधिमा सहभागी नहुन अपिल गर्दछौं।'
मन्त्री गुरुङले संघीयता, संघीय प्रणाली र स्थिरताविरुद्ध गतिविधि भएको पनि बताए। 'अहिलेको व्यवस्थाविरुद्ध शिर ठाडो पार्ने काम भएका छन्', उनले अन्तिममा भने, 'यसमा नलाग्न सर्वसाधरणलाई सरकार आग्रह गर्छ। त्यस्ता गतिविधिप्रति सचेत रहनुहोला। जनता भड्काउने प्रयास भइरहेको छ। प्रतिक्रियावादीको यस्ता गतिविधिमा कोही पनि नजानुहोला।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।