बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपा नेतृत्वमा अब २ हैन् ३ जना, माधव नेपाल बन्ने भए अध्यक्ष

नेकपा नेतृत्वमा अब २ हैन् ३ जना, माधव नेपाल बन्ने भए अध्यक्ष

  • मिडिया डबली
  • आइतवार, मंसिर १४ २०७७

  • 14.4K
    SHARES

  • नेकपा नेतृत्वमा अब २ हैन् ३ जना, माधव नेपाल बन्ने भए अध्यक्ष

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद समाधान हुन सकेको छैन् । हिजो (१३ गते) बसेको सचिवालय बैठकमा अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले आफु शर्तमा अध्यक्षपद छाड्न रहेको बताएका थिए ।

    ओलीले प्रधानमन्त्री पदको कुनै कुरा ननिकाले पनि शर्त राखेर अध्यक्षपद छाड्न तयार रहेको बताएका हुन् । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको भन्दै ओलीले यस्तो भनेसँगै अब वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउँने रणनीतिमा पूर्वएमाले पक्ष लागेको छ ।

    पार्टी एकता कायम राख्न र सहमतिको  बिन्दुमा पुग्नका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्षमा नेपाल र प्रधानमन्त्रीमा ओलीलाई राख्न सक्ने गरि भित्रि तयारी एवं छलफल भइरहेको बताइएको छ ।

    सचिवालय सदस्यहरु इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थानीय समिति सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, भानुभक्त ढकाललगायतका नेताहरुको दौडधुप चलि नै रहेको छ । 

    उनीहरु सहमतिको बिन्दु खोज्न लागिपरेका छन् । जसरी भएपनि पूर्व एमालेबीचको एकता कायम गराउन लागिपरेकाहरुले ओलीलाई एक पद छाड्न लगाएर छाडेको पदमा पूर्व एमालेकै कुनै नेतालाई ल्याउनेबारे समेत छलफल गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend