काठमाडौं - पछिल्लो समयमा ब्यापक चर्चामा रहेका गायक तथा संगीतकार खेम सेन्चुरी र गायिका शान्तिश्री परियारको आबाजमा लोकदोहोरी गीत ‘मिश्री खानेलाई‘ रिलिज भएको छ ।
सर्जक प्रल्हाद सुवेदीको शब्द रहेको उक्त गीतको भिडिओ सार्बजनिक भएको २४ घण्टा नपुग्दै चौतर्फी चर्चामा रहेको हो । गीतमा प्रसाद लामिछानेको संगीत रहेको छ ।
कृष्ण केसीको एरेञ्ज रहेको गीतको म्युजिक भिडिओको निर्देशन कुमार केसीले गरेका छन् भने कोरियोग्राफर मौसम हिमालीले गरेका हुन् । म्युजिक भिडिओमा जुना सुन्दास र लोमस शर्माको अभिनय रहेको छ । अधिनायकमान शेरचनले भिडिओको सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।