काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले नेकपाभित्र जारी रहेको आरोप प्रत्यारोपको शृंखलाको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेको बताएका छन्। शनिबारको सचिवालय बैठकमा बोल्दै नेपालले प्रधानमन्त्री ओलीले सुरुमा बैठकको माग गर्ने सचिवलाय सदस्यविरुद्ध फायर खोलेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव आएको बताएका थिए।
‘सचिवालयको बैठक माग गर्नका लागि लेखेको पत्रको जवाफमा नेताहरुलाई लान्छना लगाउँदै १० पृष्ठको प्रतिउत्तर लेखेर प्रधानमन्त्रीले पहिले फायर खोल्नु भएको हो। त्यतिबेला पार्टीको बैठक मात्र माग गरिएको थियो तर प्रधानमन्त्री भइसकेका नेताहरुको महत्वाकांक्षाले समस्या सिर्जना गरेको भनेर आरोप लगाउन कसले सुरु गरेको हो?’
नेपालले बैठकमा भने। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समूहले ओलीले पेश गरेको प्रतिवेदन व्यक्तिवादी भएको टिप्पणी पनि गरेको छ। कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुले बैठक राख्नका लागि सहमत हुन आग्रह गर्दै प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई लिखित आग्रह गरेका थिए।
वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पार्टी उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक माग गरी ओलीलाई सो पत्र बुझाएका थिए। गत कात्तिक २८ गते दाहालले पेश गरेको प्रतिवेदनको जवाफ हिजो शनिबार ओलीले १३ दिनपछि फर्काएका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।