बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

विप्लवलाई नेकपामा मगाइयो, के हुँदैछ सरकारमा ?

विप्लवलाई नेकपामा मगाइयो, के हुँदैछ सरकारमा ?

  • मिडिया डबली
  • शनिवार, मंसिर १३ २०७७

  • 5.1K
    SHARES

  • विप्लवलाई नेकपामा मगाइयो, के हुँदैछ सरकारमा ?

    काठमाडौ- नेकपा सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’लाई नेकपामा आउँनका लागि आग्रह गरिएको छ । शनिबार धुलिखेलमा भएको पार्टी प्रवेश कार्यक्रममा विप्लव नेतृत्वका भ्रातृ संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष कान्छा लामाको नेतृत्वमा ७४ जनाले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए। 

    सोही कार्यक्रममा नेकपाका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लवलाई नेकपामा आउँन आग्रह गरेका हुन् । कार्यक्रममा बोल्दै बाँस्कोटाले  भने, 'विप्लव’ नेतृत्वको क्रान्तिमा भ्वाङ परिसक्यो, विप्लवज्यू तपाईं पनि नेकमा आउनुहोस्।' 

    नेकपामा प्रवेश हुनेहरुमा ताम्सालिङ विशेष ब्युरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय अध्यक्ष कान्छा तामाङ, पार्टी सचिवालय सदस्य एवं दलित मुक्ति मोर्चा केन्द्रीय सदस्य तथा काभ्रे अध्यक्ष रमेश नेपाली, पार्टी जिल्ला कमिटी सदस्य एवं अखिल नेपाल महिला क्रान्तिकारी संघका जिल्ला अध्यक्ष सम्झना परियारलगायत ७४ जना छन्। 

    ‘आजको आवश्यकता भनेको विकास क्रान्तिको निरन्तरता हो, ध्वांसत्माक क्रान्तिको होइन।’ उनले भने, ‘विप्लव नेतृत्वको क्रान्तिमा भ्वाङ परिसकेको छ, अब ध्वांसत्माक क्रान्तिबाट केही हुने अवस्था छैन। तपाईंको क्रान्ति बेअर्थ लागेर सबै जिल्लाबाट नेता कार्यकर्ता नेकपामा प्रवेश गरिरहेका छन्, विप्लव कमरेड अब तपाईं पनि नेकपामा समाहित हुनोस्,’ उनले त्यस क्रममा भनेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend