काठमाडौं- शनिवार बसेको सचिवालय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कमजोरी महसुस गर्नुको सट्टा थप दम्भ र अहंकारयुक्त भाषा प्रयोग गरेर प्रस्ताव ल्याएको भन्दै आलोचना गरेका छन् ।
सचिवालय बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले ओलीमा विवाद समाधान गरेर अघि बढ्नु भन्दा पनि दम्भ र अहंकार देखाएर अघि बढ्न खोजेको भन्दै ओलीको प्रतिवाद गरेका हुन् ।
'तपाईंले आफ्नो कमजोरी रियलाइज गर्नुभएको छैन, बरू तपाईंमा थप अहमता बढ्दै गइरहेको छ,' प्रचण्डको भनाइ उदृत गर्दै एक सचिवालय सदस्यले भने, 'तपाईको प्रस्ताव डिटेलमा पढ्दै गरौँला, तर मेरो जानकारीमा आएअनुसार यहाँ तपाईले लेख्नुभएका कुराहरूले नै विवादको जड तपाईं हो भन्ने पुष्टि गरेको छ ।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।