बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओली-प्रचण्डको प्रतिवेदनपछि नेता खनालकाे यस्तो घोषणा, दुवै अध्यक्षलाई तनाब

ओली-प्रचण्डको प्रतिवेदनपछि नेता खनालकाे यस्तो घोषणा, दुवै अध्यक्षलाई तनाब

  • मिडिया डबली
  • शनिवार, मंसिर १३ २०७७

  • 30.3K
    SHARES

  • ओली-प्रचण्डको प्रतिवेदनपछि नेता खनालकाे यस्तो घोषणा, दुवै अध्यक्षलाई तनाब

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षहरुबीच विवाद बढेसँगै अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले सचिवालय बैठकमा पार्टीको प्रतिवेदन पेश गरेका छन् ।

    मसिंर ३ गते प्रचण्डले प्रतिवेदन पेश गरेकाथिए । त्यसपछि आज (मसिंर १३) गते प्रधानमन्त्रीसमेत रहेका ओलीले पनि सचिवालयमा प्रतिवेदन पेश गरेका हुन् ।

    दुवै अध्यक्षद्धयको प्रतिवेदन सचिवालयमा आएपछि नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अब दुवै अध्यक्षले पेस गरेका कुनै प्रस्ताव फिर्ता नहुने बताएका छन्।

    ‘दुवैमध्ये कुनै प्रस्ताव फिर्ता हुँदैनन्, अब यी पार्टीका सम्पत्ति भएका छन्,’ पूर्वप्रधानमन्त्री खनालले बैठकमा राखेका भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘यो सम्पत्ति सुन पनि हुनसक्छ, खिया लागेको फलामको टुक्रा पनि हुनसक्छ, जे भए पनि पार्टीको सम्पत्ति अब फिर्ता हुँदैन।’

    उनले नेकपामा अहिले अन्तरसंघर्ष चर्केको तर पार्टीमा हुने यस्ता बहसबाट कोहि पनि डराउनुनपर्ने बताएका थिए। ‘यसका कारण पार्टी फुट हुनु आवश्यक छैन, छलफल हुन्छ र निकास निकाल्नुपर्छ,’ उनले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend