काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले उग्ररुप लिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले आफ्नो ५३ बुदे राजनीतिक प्रतिवदेन पेश गरेका छन् ।
यसअघि कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलिविरुद्ध प्रतिवेदन पेश गरेका थिए । सोही प्रतिवेदनको जवाफ एवं प्रश्न स्वरुप ओलीले आज प्रतिवेदन पेश गरेका हुन् ।
ओली पेश गरेको प्रतिवेदनको ४ नम्बर बुँदाले अहिलेको अवस्थामा ओली र प्रचण्डबीच बढेको दुरीको अनुमान गर्न सकिने संकेत गराएको छ ।
ओलीले ४ नम्बर बुँदामा प्रचण्डलाई भनेका छन्, "पार्टीभित्र चलिरहेको यस वहसको चरित्र के हो ?" यो प्रश्नले उतिबेला दुई पार्टी एकिकरण गरेर एउटै किसिमको सोफामा एउटै लहरमा बसेर अघिबढेको दुई अध्यक्षबीचको दुरी अहिले कुन हदसम्म बढेको छ भन्ने कुरा स्पष्ट पारेको छ ।
पार्टीका मुख्य नेतृत्वकर्ताहरुबीच बोलचाल समेत बन्द हुँदा एक अर्काले के कारणले यस्तो विवदा सिर्जना गरिरहेको हो भन्दै एकअर्काेलाई प्रश्न गर्ने गरेका छन् ।
ओलीले बुँदामा अघि भनेका छन्, "यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण रु तपार्इँले रोजेको बाटो वाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको रु एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता–विग्रह र विघटनको बाटोमारु पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुको ?"
प्रतिवेदनको पूर्णपाठ:
यस्तो आयो ओलीको प्रतिवेदन (हेर्नुहोस् पूर्ण पाठ)
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।