बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

राती राती ईश्वर पोखरेल र वामदेवबीच भेटघाट, प्रचण्डलाई धक्का !

राती राती ईश्वर पोखरेल र वामदेवबीच भेटघाट, प्रचण्डलाई धक्का !

  • मिडिया डबली
  • शनिवार, मंसिर १३ २०७७

  • 6.1K
    SHARES

  • राती राती ईश्वर पोखरेल र वामदेवबीच भेटघाट, प्रचण्डलाई धक्का !

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुगेपछि सचिवालयमा जोड घटाउको हिसाब चलिरहेका बेला उपप्रधानमन्त्री तथा ओली पक्षीय भनिएका सचिवालय सदस्य ईश्वर पोखरेल पछिल्लो समय निर्णायक मानिएका वामदेव गौतमको भैँसेपाटीस्थित निवास पुगेर छलफल गरेका छन्।

    हिजो शुक्रबार साँझ पोखरेल आफैँ वामदेवलाई भेट्न पुगेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक विवादले बल्झिएको विवादमा आफ्नो पक्षमा बहुमत पुर्याउने कसरत चलिरहेको छ। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच आरोप प्रत्यारोपले पार्टी विभाजनको संघारमा पुगेको छ।

    अध्यक्ष दाहालले कात्तिक २८ गतेको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओली थप असन्तुष्ट बनेका छन्। त्यही पत्रको जवाफ दिन प्रधानमन्त्री ओलीले मंसिर ३ बसेको सचिवालय बैठकमा १० दिनको समय माग गरेपछि आज शनिबार सचिवालय बैठक बस्दैछ। पार्टीभित्रको विवादको क्रममा सचिवालयको पूर्वसन्ध्यामा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उपप्रधानमन्त्री ईश्वर पोखरले भैंसेपाटी पुग्नुलाई गम्भिर रुपमा हेरिएको छ।

    पछिल्लो समय अध्यक्ष दाहाल÷वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समर्थनमा रहेका गौतमसँग पोखरेलको भेटलाई ओलीले वामदेवविरुद्ध कुनै तुरुप फालेको बुझ्न सकिन्छ। ‘पोखरेल र गौतमबीच जम्मा १५ मिनेट छलफल भएको बताइएको छ। भेटमा गौतमलाई उपप्रधानमन्त्रीको कार्ड फ्याँकीएको बुझिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend