काठमाडौँ- गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडिओ सार्वजनिक गरिएको छ।
‘मेरी सोल्टिनी’ बोलको गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ । गम्भीर बिस्टले निर्देशन गरेको भिडिओलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन्।
सुबोल थापाले कोरियोग्राफी गरेको भिडियओको सम्पादन नबिन निरौलाले गरेका छन्। भिडिओमा पल शाह,वर्षा राउत,सुरज श्रेष्ठ,सोम्या श्रेष्ठ फिचर्ड छन्।
भिडिओको निर्माण दुर्गा धिमालले गरेका हुन्। भिडियो बिके क्रियसनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।