काठमाडौं- पछिल्लो समय देशमा कम्युनिष्ट शासन देखेर दिक्क मानेका जनताहरु राजतन्त्र नै ठिक होकि भन्ने भान हुने गरी प्रदर्शनमा उत्रिन थालेका छन्।
पोखरासहितका स्थानमा हजारौंको संख्यामा उत्रिएर भइरहेका प्रदर्शनलाई लक्षित गर्दै विभिन्न टिप्पणी पनि हुन थालेका छन्। कसैले विरोध त कसैले समर्थनमा आफ्ना भनाइ राखिरहेका छन्।
यी प्रदर्शनले पूर्वपञ्च तथा राजावादी दलहरुलाई माहोल तताउने मौका बनेको छ। खास गरी राष्ट्रिय प्रजातन्त्र पार्टी र कांग्रेसका समेत कार्यकर्ता सहभागी भएर राजसंस्था र हिन्दु राज्य माग्न थालिएको हो।
यस्तोमा राप्रपाका एकजना अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राज्य आएमा योग्य र इमान्दार व्यक्तिहरुले कामको अवसर पाउने बताएका छन्।
उनले शुक्रबार सामाजिक सञ्जालमा आफ्ना भनाइ राख्दै हिन्दुराष्ट्र र राजसंस्थाले जादु गर्न नसके पनि कसैलाई विभेद भने नगर्ने जिकिर गरेका हुन्।
थापाले जादुगरी शैलीमा देशले मुक्ति नपाए पनि सकारात्मक परिवर्तन भने अवश्य ल्याउने बताएका छन्।
ुकतिपयले सोध्छन्- हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि संकटबाट देशले मुक्ति पाउँछ रु हिन्दुराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा संकट समाधानगर्ने होइनु,' उनले भनेका छन्,'त्यसले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ। राम्रो कामका निम्ति योग्य–इमान्दार व्यक्तिले अवसर पाउने वातावरण बनाउँछ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।