काठमाडौं - राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले नेपालमा गणतन्त्र काम नभएको र राजतन्त्र नै फर्काउनुपर्ने अवस्था आएको बताएको छ। शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै वर्तमान संविधान २०७२ ले नेपालका विद्यमान समस्याहरु समाधान गर्न नसक्ने बताएको हो।
पञ्चशिल सिद्धान्तमा आधारित रही परराष्ट्र नीतिलाई अवलम्बन गरी परम्परादेखि रही आएको पारस्परिक सहयोग र सद्भावको सम्बन्धलाई विस्तार गर्न, छिमेकी राष्ट्रसँग चिसिएको सम्बन्ध सुमधुर बनाउन, कालापानी, लिपुलेक, लिम्पीयाधुरा जस्ता गहन विषयहरुको वर्तमान संविधानले समाधान गर्न नसक्ने गठबन्धनले भनेको छ।
सरकारले नेपाली सेना कालापानी क्षेत्रमा नियमित तैनाथ गर्न नसक्नु नै नेपालको लागि दुर्भाग्य भएको गठबन्धनके ठहर छ। उनीहरुले २०४७ कै संविधानको विकल्प अरु नभएको पनि बताएका छन्।
नेपालमा गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको र राजाहरुको लागि अब ढोका खोल्न ढिला गर्न नहुने गठबन्धनको भनाई छ। यति मात्रै हैन गठबन्धनले २०४७ को संविधानको पुर्नवाहली गर्नुको विकल्प नरहेको पनि भनेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।