अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने सरकारको निर्णयपछि ताइवानको संसदमा भयंकर उतारचढाव भएको छ । ससदमा सत्तारुढ र विपक्षी सांसदहरुबीच मुक्का हानाहानसँगै सुंगुरको मासु ल्याएर संसद् भवनमा छरेका छन्।
राष्ट्रपति साइ यिङ वेनले आगामी जनवरी १ देखि ¥याक्टोपामिन भएको सुँगुरको मासु आयात गर्ने घोषणा गत अगस्टमै गरेकी थिइन्। बोसो घटाएर मासुको मात्रा बढाउन सुँगुरको ¥याक्टोपामिन खुवाउने गरिन्छ। मानिसलाई हानिकारक हुने भन्दै यो युरोप र चीनमा प्रतिबन्धित छ। अमेरिकाले निकै पहिलेदेखि यस्तो मासु ताइवान निर्यात गर्न चाहेको थियो।
तर, राष्ट्रपतिको साइको यो कदमको विपक्षी पार्टी कोमिन्ताङले चर्को विरोध गर्दै आएको छ। सेप्टेम्बरमा संसदको अधिवेशन सुरु भएसँगै कोमिन्ताङले सरकारी निर्णयको विरोध गरेको थियो। शुक्रबार भने सत्तापक्षीय सांसदहरुको घेरामा बसेर जब प्रधानमन्त्री बोल्न थाले तब विपक्षीहरुले सुँगुरको मासुले उनीतर्फ प्रहार गरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।