बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्डविरुद्ध खुल्याे ओलीको फायर, माफी नमागे ‘हेग’ पुर्‍याउने चेतावनी

प्रचण्डविरुद्ध खुल्याे ओलीको फायर, माफी नमागे ‘हेग’ पुर्‍याउने चेतावनी

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०७७

  • 6.4K
    SHARES

  • प्रचण्डविरुद्ध खुल्याे ओलीको फायर, माफी नमागे ‘हेग’ पुर्‍याउने चेतावनी

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको विवादले पार्टी फुटकै संघारमा पनि छ। दाहालले गत कात्तिक अन्तिम साता पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीविरुद्ध थुप्रै आरोपहरु लगाइएको थियो।

    गत मंसिर ३ गते बसेको बैठक पछि ओलीले प्रचण्डको प्रतिवेदनको जवाफ दिन १० दिनको समय मागेपछि बैठक १३ गतेसम्मको लागि सरेको छ। यतिबेला ओली समूहले प्रचण्डको जवाफी प्रतिवेदन तयार गरिसकेको छ। तर, उक्त प्रतिवेदन सार्वजनिक भने गरिएको छैन। सचिवालय बैठकमै उक्त प्रतिवेदन ओलीले पेश गर्नेछन्। ओलीले उक्त प्रतिवेदनमा द्वन्द्वकालिन मुद्दा ब्यूँताइदिएर प्रचण्डलाई संकटमा धकेल्ने रणनीति अपनाएको पाइएको छ।

    प्रचण्डलाई ओलीले ठूलो अपराधी देख्ने र ओलीलाई प्रचण्डले ठूलो सत्रुको रुपमा देखेकोले समस्या हल हुने छाँटकाँट पनि छैन। गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीलाई दर्जन बढी आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेका थिए । ओली पक्षले उक्त प्रस्ताव फिर्ता नभए बैठक नै बस्न नसक्ने चेतावनी दिएको थियो तर त्यसको बाबजुद मङ्सिर ३ गते बसेको अर्को सचिवालय बैठकमा ओलीले प्रचण्डलाई बुँदा बुँदामा जवाफ दिने बताए ।

    त्यो दिन नजिक आइसकेको छ। ओलीले तयार पारेको प्रतिवेदनमा दाहाललाई युद्ध अपराध गरेको भन्दै अन्तराष्ट्रिय अदालत (हेग) लैजान थुप्रै प्रमाण रहेको उल्लेख गरिएको छ। सबैभन्दा बलियो प्रमाणको रुपमा प्रचण्डले जनयुद्ध दिवसको समयमा खुल्लामञ्चमा बोलेको अभिव्यक्ति र बाँदरमुडे घटनालाई लिइएको छ। त्यस्तै एम्बुसमा दर्जनौँ मान्छे मारेको घटनालाई पनि प्रतिवेदनमा समावेश गरिएको छ।

    प्रचण्डले खुलामंचमा जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा मैले लिन्छु भनेका थिए । प्रचण्डले युद्ध अपराध गरेको विषयमा अहिलेसम्म किन माफि नमागेको भन्दै प्रतिवेदनमा गम्भिर प्रश्न उठाइएको छ। ओलीले पेश गर्ने प्रीतवेदन ४० पृष्ठको छ। तर, यो बढ्ने अनुमान पनि गरिएको छ।

    त्यस्तै दाहालले भरतपुर महानगरको निर्वाचनमा छोरी रेणुलाई जिताउन मतपत्र च्यातेको, तत्कालिन माओवादी कांग्रेसँग शरण माग्न गएको गम्भिर प्रश्न पनि ओलीको प्रतिवेदनमा छ। निर्वाचन सफलताको उन्मादमा कहिले गिरिजाप्रसाद कोइराला, कहिले माधवकुमार नेपाललाई च्याप्ने र धोका दिने काम तपाईंबाट भएको होइन ? प्रचण्डलाई प्रश्न गरिएको छ ।

    प्रतिवेदनमा राष्ट्रपतिको उम्मेद्वारी दाखिला गर्नुभन्दा केही मिनेट अघि मात्रै संसदीय दलको कार्यालयमा तत्कालीन एमाले महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्ने कि नगर्ने भन्दै धम्क्याएको तथ्य समेत खुलासा गरिएको छ । पहिअलो संविधान सभा असफल भएका सबै जिम्मा प्रचण्डले लिनुपर्ने पनि बताइएको छ।

    ओलीले भनेका छन् – चुनावबाट तेस्रो पार्टीको हैसियतमा पुगेको पार्टीको अध्यक्षले मैले प्रधानमन्त्री बन्न प्राप्त अवसर लत्याएँ भन्नु त्याग थियो कि तपाईंभित्रको शुषुप्त सत्ता लिप्सा ? जे होस्, हामीले नयाँ समझदारी गरेको हो । म प्रधानमन्त्री बनें । यो लेनदेन थियो । तपाईंको मात्र त्याग थिएन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend