काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले भयंकर संकटमो स्थितीमा रहेको छ । १३ गते सचिवालय बैठक तोकिएको बेला नेकपाका दुई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादका कारण नेकपा संकटमा रहेको हो ।
यसबीच कार्यकारी अध्यक्ष प्रचण्डले ओलीले पटक पटक पार्टी फुटाउँने कोसि गर्दै आएको बताउँदै ओलीको कदमलाई पहिलेदेखि नै रोकेको र अहिले पनि रोक्ने बताएका छन् ।
बिहीबार आफूलाई भेट्न खुमलटारस्थित निवास पुगेका केही स्थायी र केन्द्रीय सदस्यसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले, ‘ओलीले यसअघि पनि पटक–पटक पार्टी फुटाउने कोशिस गर्नुभएकै थियो, कहिले अध्यादेश, कहिले निर्वाचन आयोगमा एमाले पार्टी दर्ता त कहिले जबजका नाममा उहाँले फरक पार्टी बनाउने प्रयास गर्दै आउनुभएकै हो।’ भनेको बताइएको छ ।
अध्यक्ष प्रचण्डले आफूहरु पार्टी फुटाउने अभियानमा नरहेको बरु ओलीको पार्टी फुटाउका लागि चाल्दै आएका कदमलाई रोक्दै आएको दावी गरे। ‘हामी पार्टी एकढिक्का भएर अगाडि बढोस् भन्नेमा छौँ, हामी त पार्टी फुटाउन खोज्ने उहाँ (ओली) का कदमलाई रोक्दै आएका हौँ र फेरि पनि रोक्छौँ’ प्रचण्ड भनाइ उदृत गर्दै बताइएको छ ।
नेकपामा अहिले पार्टी फुटाउने गरी ओलीले राजनीतिक प्रतिवेदन नल्याउने विश्वास प्रचण्डपक्षमा छ । १३ गतेको बैठकमा ओलीले पनि प्रतिवेदन ल्याउने र दुवै प्रतिवेदनलाई तल्लो तहमा छलफलका लागि पठाएपछि त्यसबाट नयाँ पार्टी निर्माणको क्रम सुरु हुने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।