आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अधिकारका लागि महिलावादीहरुको प्रदर्शन

अधिकारका लागि महिलावादीहरुको प्रदर्शन

  • मिडिया डबली
  • बिहिवार, मंसिर ११ २०७७

  • 3.5K
    SHARES

  • अधिकारका लागि महिलावादीहरुको प्रदर्शन

    स्यान्टियागोमा महिलावादीहरुले महिला अधिकारको माग गरेर प्रदर्शन गरेका छन् । स्यान्टियागोको एक प्लाजामा बुधबार ठूलो संख्याका महिलाहरु जम्मा भएर महिला हिंसा विरुद्धमा नारा लगाएका हुन् । 

    उनीहरुले बलात्कारी हामीबीच नै छ भन्ने नारा दिएर सबैतिर महिलाहरु असुरक्षित रहेकोले उनीहरुको सुरक्षा दिनुपर्ने बताएका हुन् । महिला हिंसा विरुद्धको राष्ट्रसंघीय दिवसका अवसरमा महिला अधिकारवादीहरुले यस विरोध प्रदर्शन गरेका हुन् । 

    चिलीको प्रहरीले उनीहरुलाई त्यहाँबाट बल प्रयोग गरेर घपाएको थियो । तर पनि पछि उनीहरु जम्मा भएर सो प्रदर्शन गरेका बताइएको छ । चिलीका महिला अधिकारवादीहरुले लास तेसिस नाम दिएर यो महिला हिंसाको विरुद्धमा आन्दोलन शुरु गरेका हुन् । 

    उनीहरुले सन् २०१९ मा यो नारा दिएर आन्दोलन थालेका हुन् । उनीहरुले शुरु गरेको आन्दोलनमा खासमा महिला हिंसाको कारण पुरुष हो भन्दै पुरुषलाई निन्दा गरेको गीत गाउने गर्दछन् । उनीहरुले शुरु गरेको महिला अधिकारका पक्षको र त्यसका लागि पुरुषलाई निन्दा गरिएको सो गीत विश्वका अरु देशले पनि आफ्ना भाषामा अनुवाद गरेर आफ्नो देशमा पनि गर्ने गरेका छन् । 

    त्यस अभियान अहिले विश्वका कैयौँ देशमा सञ्चालनमा ल्याइएको छ । विभिन्न स्थानमा यो आन्दोलन पुरुषका विरुद्धमा उग्र रुपमा पनि गर्ने गरिएको छ । बुधबार पनि चिलीको उक्त स्यान्टियागो शहरमा महिलाहरुले पुरुषका विरुद्धमा नाराबाजी गरेर ठूलो संख्यामा उपस्थित भएर सडक पनि अबरुद्ध पारेका थिए । 

    उनीहरुले यस क्रममा सडकमा अवरोध पु¥याउनका लागि काठमा मुढा राख्ने, आगो बाल्ने मात्र नभएर यहाँका सटर पसलहरुबाट सामान लुट्ने सम्मको काम गरेका थिए ।   त्यसैले ठूलो बल प्रयोग गरेर प्रहरीले उनीहरुलाई हटाएको थियो । यस आन्दोलनले  ठूलो हिंसा निम्त्याएको भनेर प्रहरीले आन्दोलनकारी महिलालाई पक्राउ गर्ने र त्यहाँबाट धपाउने काम गरेको  हो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०६:०८:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend