बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

भ्रष्टाचारमा नाम जोडिएका प्रधानमन्त्री ओलीले भने – कसैले अनाथ भएँ नभनौँ सरकार साथमा छ

भ्रष्टाचारमा नाम जोडिएका प्रधानमन्त्री ओलीले भने – कसैले अनाथ भएँ नभनौँ सरकार साथमा छ

  • मिडिया डबली
  • बिहिवार, मंसिर ११ २०७७

  • 3.5K
    SHARES

  • भ्रष्टाचारमा नाम जोडिएका प्रधानमन्त्री ओलीले भने –  कसैले अनाथ भएँ नभनौँ सरकार साथमा छ

    काठमाडौं - अनाथहरु दैनिक सडकमा आकाशको छानो लगाएर बसिरहेका छन्। यता सर्वाहारा जनताको मुक्तिका लागि भनेर नारा घन्काउने कम्युनिष्टको सरकार छ। कम्युनिष्टहरु भ्रष्टाचारमा लिप्त छन्। यतिकुरा बिर्सेका तपाइँ हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले कोही कसैलाई एक्लो भएको महसुस गर्नै नदिने बताए।

    उनले सरकारकै लापरबाहीले दैनिक कयौँले ज्यान गुमाएको, उपचार नपाएको, खाना र बास नपाएको विषयलाई अझै बेवास्ता गरिरहेका छन्। ‘कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ हुनु दुखको कुरा हो,’ सामाजिक सुरक्षा दिवसको अबसरमा भिडियो सन्देश जारी गर्दै उनले भने, ‘अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन।

    सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ।’ उनले योगदानमा आधारित सामाजिक सुरक्षाका अवधारणा सुरु गरिएको बताए तर, यसबाट कति लाभान्वीत भए भन्ने खुलाउन सकेनन्। उनले समाजका कोही पनि नागरिक सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस भनेर सरकारले यस्ता कार्यक्रम ल्याएको दाबी पनि गरे।

    ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा हुने भ्रष्टाचारमा प्रधानमन्त्रीकोसमेत नाम जोडेर प्रीतवेदन सार्वजनिक गरेकै समयमा प्रधानमन्त्री ओलीले सरकार सरकार सुशासन र विकास अभियानमा अगाडि लम्किरहेको दाबी गरे। उनले सरकारले कसैलाई पनि एक्लो हुन नदिने पनि भन्न भ्याए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend