आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

महान फुटबलर म्याराडोनाको निधन पछि पेलेले भने : अब हामी स्वर्गमा सँगै फुटबल हान्नेछौँ

महान फुटबलर म्याराडोनाको निधन पछि पेलेले भने : अब हामी स्वर्गमा सँगै फुटबल हान्नेछौँ

  • मिडिया डबली
  • बिहिवार, मंसिर ११ २०७७

  • 6.8K
    SHARES

  • महान फुटबलर म्याराडोनाको निधन पछि पेलेले भने : अब हामी स्वर्गमा सँगै फुटबल हान्नेछौँ

    काठमाडौं - कार्डियाक एरेस्टका कारण अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ। अर्जेन्टिनाको राजधानी ब्युुर्नोस आयर्सबाट उत्तरतर्फ रहेको सान आन्द्रेसस्थित आफ्नै निवासमा म्याराडोनाको निधन भएको हो।

    ८० वर्षीय ब्राजिली पूर्वस्टार पेलेसँगै म्याराडोना विश्व फुटबल इतिहासकै सर्वाधिक उत्कृष्ट खेलाडी मानिन्छन्।अर्जेन्टिनालाई आफ्नो कप्तानीमा १९८६ को विश्वकप जिताएका म्याराडोना पछिल्लो समय जिम्नासिया इग्रिमा ला प्लाटा क्लबको प्रशिक्षक थिए। पेलेले म्याराडोनाको निधनप्रति गहिरो दुस्ख व्यक्त गरेका छन्।

    विज्ञप्ति जारी गर्दै उनले भनेका छन ‘उनीजस्ता साथी गुमाउनुपर्दा निक दुःख लागेको छ। भगवानले उनको परिवारलाई सहने शक्ति दिउन्। यो पक्का छ( कुनै दिन हामी स्वर्गमा सँगै फुटबल हान्नेछौं।’ इङल्यान्डका गेरी लिनेकर, अर्जेन्टिनाका निकोलस ट्यागलियाफिक, स्पेनका गुटीलगायत पूर्वस्टारहरुले पनि म्याराडोनाप्रति श्रद्धान्जली व्यक्त गरेका छन्। एजेन्सी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ११ २०७७०७:००:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend