आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पर्यटनमन्त्रीले गरे ३०० विपन्न नागरिकको कोरोना बीमा

पर्यटनमन्त्रीले गरे ३०० विपन्न नागरिकको कोरोना बीमा

  • मिडिया डबली
  • बुधवार, मंसिर १० २०७७

  • 5.0K
    SHARES

  • पर्यटनमन्त्रीले गरे ३०० विपन्न नागरिकको कोरोना बीमा

    काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको रु एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका छन्।

    ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले कोरोना बीमाबापत प्राप्त रकम जिल्लाका ३०० जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरको कोरोना बीमामा खर्च गरेको उनका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।

    साथै, पर्यटनमन्त्री भट्टाईले आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट स्थायी ठेगाना ताप्लेजुङ भएका एक हजार २७६ जनाको कोरोना बीमा गरेका छन् । 

    यसरी मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा स्थायी ठेगाना भएका कूल एक हजार ५७६ जना व्यक्तिको कोरोना बीमा गरिएको उनको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend