बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

ओली प्रधानमन्त्री बनेपछि नेपालमा भ्रष्टाचार बढ्यो, ट्रान्सपरेन्सीले गर्यो यस्तो घोषणा

ओली प्रधानमन्त्री बनेपछि नेपालमा भ्रष्टाचार बढ्यो, ट्रान्सपरेन्सीले गर्यो यस्तो घोषणा

  • मिडिया डबली
  • बुधवार, मंसिर १० २०७७

  • 6.4K
    SHARES

  • ओली प्रधानमन्त्री बनेपछि नेपालमा भ्रष्टाचार बढ्यो, ट्रान्सपरेन्सीले गर्यो यस्तो घोषणा

    काठमाडौं - सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारीको पक्षपोषण गरेको भन्दै राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेस गरेका थिए ।

    आफ्नै पार्टीका प्रधानमन्त्रीलाई प्रचण्डले लगाएको सो आरोप सही भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले पनि पुष्टि गरेको छ । ट्रान्परेन्सीले नेपालमा भ्रष्टाचार ५८ प्रतिशतले बढेको जनाएको छ ।

    उसले कुन क्षेत्रमा कति भ्रष्टाचार बढेको छ भनेर प्रतिशतसहित सार्वजनिक गरेको छ । एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको ट्रान्सपरेन्सीले उल्लेख गरेको छ ।

    त्यस्तै, २३ प्रतिशत जनताले भ्रष्टाचार घटबढ नभई उही स्तरमा रहेको विश्वास गर्ने पनि प्रतिवेदनले उल्लेख गरेको छ । १८ प्रतिशत जनताले मात्रै भ्रष्टाचार घटेको मान्ने गरेको पनि प्रतिवेदनले जनाएको छ ।

    राष्ट्रपति तथा प्रधानमन्त्री भ्रष्टाचारी रहेको विश्वास गर्ने नेपाली जनता ५० प्रतिशत रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, ४३ प्रतिशत नेपालीले सांसद र सरकारी अधिकारीहरू भ्रष्ट रहेको सोच्ने गर्छन् ।

    स्थानीय तहका अधिकारीहरू भ्रष्ट रहेको सोच्ने नेपालीको संख्या ४० प्रतिशत रहेको तथा २८ प्रतिशतले प्रहरी भ्रष्टाचारी हुने सोच्ने गरेको पनि अध्ययनले देखाएको छ । यो प्रतिवेदनले पनि प्रधानमन्त्री ओलीको कार्यकालमा ज्यादै धेरै भ्रष्टाचार भएको स्पष्ट हुन्छ ।

    तर, प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा भ्रष्टाचार नभएको र भ्रष्टाचारीको मुखै नहेर्ने घोषणा गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend