काठमाडौं - भारतीय कांग्रेस पार्टीका कोषाध्यक्ष एवं वरिष्ठ नेता अहमद पटेलको बुधबार बिहान निधन भएको छ। कोरोना संक्रमित ७१ वर्षीय पटेलको दिल्लीस्थित अस्पतालमा निधन भएको हो।
पटेल सन् २०१८ मा कांग्रेस कोषाध्यक्ष नियुक्त भएका थिए। ८ पटकसम्म सांसद बनेका उनी पार्टी शक्तिमा रहँदासम्म सोनिया गान्धीका राजनीतिक सल्लाहकार थिए। उनी सन् १९८५ मा पनि राजीव गान्धीका संसदीय सचिव थिए। सन् १९८६मा गुजरातका कांग्रेस अध्यक्ष बनेका उनी गान्धी परिवारका विश्वासपात्र मानिन्थे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।