आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्रीद्वारा सामुहिक कोभिड–१९ परीक्षणको घोषणा

प्रधानमन्त्रीद्वारा सामुहिक कोभिड–१९ परीक्षणको घोषणा

  • मिडिया डबली
  • सोमवार, मंसिर ८ २०७७

  • 3.6K
    SHARES

  • प्रधानमन्त्रीद्वारा सामुहिक कोभिड–१९ परीक्षणको घोषणा

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामुहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् । कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएकोजस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने उहाँले सोमबार घोषणा गरेका हुन् ।

    सरकारको ‘कोभिड विन्टर प्लान’ अन्तर्गत सेनाको सहयोगमा परीक्षणलाई व्यापक बनाइन लागिएको पनि उहाँले जानकारी दिए । अत्यधिक धेरै कोरोना सङ्क्रमितहरु रहेको लिभरपुलमा यसै महिना व्यापक परीक्षण गरिएको र कोरोनाभाइरसको सङ्क्रमण न्युनिकरण गर्न सफलता मिलेपछि प्रधानमन्त्री जोनसोनले यस्तो घोषणा गरेका हुन् ।

    देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सहरमा सरकारले कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई दैनिकरूपमा परीक्षण गराउने र सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई तत्काल ‘क्वारेन्टाइन’मा पठाउने योजना बनाएको उनले बताए ।

    यो अभियान र प्रयोग सफल र प्रभावकारी भएमा देशव्यापी बनाउने योजना रहेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले जनाएको छ । यस्तो अभियान जनवरीदेखि देशव्यापी हुनसक्ने बताइएको छ ।

    त्यसैगरी सरकारले घरमै रहेकाहरुलाई हेरचाह गर्ने मापदण्ड पनि नयाँ बनाउने अधिकारीहरुले जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend